समाज


पहिरोले तीन घर बगायो, २५ परिवार विद्यालयको शरणमा

पहिरोले तीन घर बगायो, २५ परिवार विद्यालयको शरणमा

नेपालखबर
भदौ ८, २०७७ सोमबार ७:१६,

वागचौर नगरपालिका­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन्। ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका हुन्।

ओखरेनी गाउँमा तीन घर पहिरोले बगाएको र गाउँभरिमा सयौं स्थानमा पहिरो गएकाले स्थानीयहरु घर छोडेर विद्यालयमा बसेका छन्। यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ।

अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घरहरु भासिएको तथा घर वरिपरि पहिरो गएर घर पहिरामा पुरिने अवस्था भएकाले गाउँलेहरु विद्यालयमा बसेको स्थानीय वीरसिंह डाँगीले जानकारी दिए ।

‘यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो भन्ने सुनेका थियौं, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुपर्‍यो’, उनले भने।

पहिरोले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरुको गुनासो छ।

‘विस्थापित भएर आएकाहरुसँग न त खाने कुरा छ, न लत्ताकपडा नै ल्याउन पाएका छन्। यस्तो अवस्थामा हामी कसरी बस्नु, अहिलेसम्म कतैबाट केही राहत पाएका छैनौं’ स्थानीय पदम खत्रीले भने।

वाफुखोलाको ओखरेनीमा पहिरोले ठूलो क्षति भएकाले तथ्यांक संकलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका­१२ का वडाध्यक्ष दिपककुमार वलीले बताए।

‘अहिले वडा कार्यालयमार्फत मुचुल्का तयार गर्ने काम भइरहेको र राहतका लागि पहल गरिनेछ’, उनले भने।

बाफुखोलामा रहेका करिब ५५० घरधुरीमध्ये अहिले ५० प्रतिशतभन्दा बढी पहिराको उच्च जोखिममा रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad