समाज


कपिलवस्तुमा लकडाउन थप ८ दिन बढाइयो

कपिलवस्तुमा लकडाउन थप ८ दिन बढाइयो

नेपालखबर
भदौ ७, २०७७ आइतबार ८:४२,

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले लकडाउनको समयावधी बढाएको छ। आइतरबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले लकडाउन अवधि बढाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

पछिल्लो पल्ट थप भएको लकडाउन अवधि आज राति १२ बजे सकिँदै थियो। लकडाउनलाई थप ८ दिन बढाएर भदौ १५ गतेसम्म लम्बाइएको प्रशासनले जनाएको छ। यहाँ साउन २६ गते राति १२ बजेदेखि लकडाउन जारी छ।

जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। यसलाई मध्यनजर गरी समुदायस्तरमा भाइरस थप फैलन नदिन र नियन्त्रणका लागि लकडाउन अवधि बढाइएको हो। लकडाउनमा अत्यावश्यक बस्तुहरु बाहेक अन्य सम्पूर्ण गतिविधि सञ्चालन गर्न रोक लगाइएको नेपालीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad