ad ad

समाज


कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु

नेपालखबर
भदौ ६, २०७७ शनिबार ३:३१,

कोरोना संक्रमणको कारण पर्साको वीरगञ्जमा थप दुई जना पुरुषको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिकामा पर्ने सुगौली विर्ता घर भएका ५८ वर्षीय र बहदुरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

उनीहरुको वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका डा.उदय नारायण सिंहले जानकारी दिए।

उनीहरु दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभएको पारिवारिक श्रोतले जनाएको छ।

५८ वर्षी पुरुषको गएराति र ६१ वर्षीय पुरुषको शनिबार बिहान सवा सात बजे मृत्यु भएको हो। योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .