नेपाल र इजरायलबीच कूटनीतिक राहदानी वाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ।
इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।
त्यस क्रममा राजदूत शाक्यले नेपालमा ‘लर्न एन्ड अर्न’ प्रोजेक्टमार्फत इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनोट गरी तिनका लागि तालिम अवधि ११ महिनाबाट बढाउन सके उनीहरूलाई विज्ञ कन्सलट्यान्टका रूपमा विकास गर्न सकिने सुझाव दिएका थिए।
साथै केयर गिभिङ क्षेत्रमा पुनः नेपालीलाई ल्याउने तथा सँगसँगै रोजगारीका अन्य क्षेत्रमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जनाएको छ। रासस
Shares
प्रतिक्रिया