ad ad

कारोबार


कोरोना महामारीमा पनि लक्ष्य भन्दा बढी राजश्व संकलन

कोरोना महामारीमा पनि लक्ष्य भन्दा बढी राजश्व संकलन

नेपालखबर
भदौ ६, २०७७ शनिबार ४:२३,

आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको शुरुआती समयमा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गरेको छ।

कार्यालयका अनुसार साउन महिनामा विभागले तोके भन्दा बढी राजश्व सङ्कलन भएको हो।

कोरोना कहरको समयमा समेत कार्यालयलाई लक्ष्य १ अर्ब ४६ करोड २२ लाख ३ हजार तोकिएको थियो। यस अवधिमा शून्य दशमलब ९२ प्रतिशत बढी सङ्कलन भएको कार्यालयका प्रमुख शुभप्रसाद रिजालले जानकारी दिए।

कार्यालयले साउन महिनामा १ अर्ब ४७ करोड ५६ लाख ७५ हजार राजश्व संकलन गरेको छ।

कार्यालयले साउन महिनामा सबैभन्दा बढी अन्तशुल्क शीर्षकबाट राजश्व असुली गरेको छ। सबै भन्दा कम स्वास्थ्य सेवा करबाट उठेको छ। अन्तःशुल्कबाट ९८ करोड २४ लाख ५० हजार र स्वास्थ्य सेवा करबाट ११ लाख २५ हजार राजश्व संकलन भएको छ।

कार्यालयले लक्ष्यभन्दा बढी आयकर र व्याजकर शीर्षकमा राजश्व असुल गर्न सफल भएको छ। व्याजकर मा २० करोड १७ लाख ९४ हजार राजश्व उठेको छ। यो महिनामा रु १३ करोड ३७ लाख ७३ हजार राजश्व असुली गर्ने लक्ष्य लिइएको थियो।

आयकरमा कार्यालयले २ करोड ८० लाख २४ हजार राजश्व असुली गरेको छ। सो महिनामा यसमा ७६ लाख ५२ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो।

यस्तै मूल्य अभिवृद्धि कर अन्तर्गत २५ करोड ८३ लाख ९५ हजार र बहाल कर ३८ लाख ८७ हजार असुली भएको छ। विभागले कार्यालयलाई यस वर्षको १८ अर्ब ९० करोड लक्ष्य तोकेको छ। कार्यालयमा अहिले ५० हजार करदाता छन्।

कार्यालयले साउनदेखि चितवन मात्रै हेर्दै आएको छ। चालु आर्थिक वर्षबाट सुस्ता पूर्व नवलपरासीमा कार्यालय स्थापना भएपछि कार्यालयले चितवन जिल्लालाई मात्रै हेर्न थालेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .