ad ad

समाज


हालसम्म पीसीआर परीक्षणमा मात्र ३ अर्ब १८ करोड खर्च, ३० हजार ४८३ जना पोजिटिभ भेटिए

हालसम्म पीसीआर परीक्षणमा मात्र ३ अर्ब १८ करोड खर्च, ३० हजार ४८३ जना पोजिटिभ भेटिए

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ११:२७,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ५ लाख ७९ हजार ८९९ वटा पीसीआर परीक्षण गरिसकेको जनाएको छ। उक्त परीक्षणमा ३० हजार ४ सय ८३ जना पोजिटिभ भेटिएका छन्।

एउटा परीक्षणमा नेपाल सरकारको ५ हजार ५०० रुपैयाँ खर्च हुने मन्त्रालयले बताएको छ।

‘यो खर्च पीपीई बाहेक ल्याब टेस्टमा मात्र ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय खर्च भएको छ’, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने, ‘यति खर्चमा जम्मा ३० हजार ४ सय ८३ जना व्यक्ति कोरोना पोजिटिभ देखिएका छन्।’

यसको मतलब एउटा टेस्ट पोजिटिभ भेट्नको लागि सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ।

एक जनालाई आईसीयूमा राख्नुपर्दा सरकारले ३० दिनको लागि ४ लाख ५० हजार तिर्नुपर्ने हुन्छ। कोरोनाको जाँच गरेर पोजिटिभ पत्ता लगाएर उपचार गर्नु खर्चिलो भएकाले जरुरी काम नपरी घरबाट ननिस्किन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ८३८ जना संक्रमित भेटिएका छन् भने केही दिनयता आईसीयूका बिरामी बढ्न थालेका छन्। प्रदेश १ मा १६, २ मा ४६, वागमतीमा ५२, गण्डकीमा ६ र प्रदेश ५ मा १३ गरी जम्मा १३३ जना आईसीयूमा उपचाररत छन्। त्यस्तै १५ जना भेन्टिलेटरमा छन्। उनीहरु सबै वागमती प्रदेशका हुन्।

देशभर मोरंग, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौंमा ५ सय बढी संक्रमित छन्। संक्रमण नभएका जिल्लामा भोजपुर, मुस्तांग, म्याग्दी र हुम्ला छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .