ad ad

समाज


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ को मृत्यु

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ११:३२,

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ११ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिला र १० जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ, पर्सा, बारा, सप्तरी र सर्लाहीमा एक/एक जनाको मृत्यु भएको बताए।

यस्तै ललितपुर, चिवतन, मकवानपुर, दोलाखा र प्युठानमा पनि एक एक जना संक्रमितको मृत्यु भएको उनले बताए। योसँगै मृतकको संख्या १ सय ३७ पुगेको छ।

आज ८ सय ३८ जना नयाँ संक्रमित थपिएका छन। २ सय ९२ महिला र ५ सय ४६ पुरुष गरी ८ सय ३८ जना संक्रमित थपिएका हुन। आज काठमाडौं १ सय ४२, भत्तपुर १५ र ललितपुर २५ जना संक्रमित भेटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .