ad ad

समाज


उपत्यकामा थपिए १८२ जना संक्रमित, देशभर कुन जिल्लामा कति?

उपत्यकामा थपिए १८२ जना संक्रमित, देशभर कुन जिल्लामा कति?

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ११:९,

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८२ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन्।

कुन जिल्लामा कति थप?
इलाममा ४, उदयपुरमा २, झापा ७, ताप्लेजुंगमा १, पाँचथरमा १, मोरंगमा ४५ र सुनसरीमा २९ जना संक्रमित भेटिएका छन्। त्यस्तै प्रदेश २ मा धनुषामा ३, पर्सामा ८०, बारामा ४०, रौतहटमा ११, सप्तरीमा ५, सर्लाहीमा २४ जना र सिरहामा १६ जनामा कोरोना पुष्टि भएको छ।

वागमती प्रदेशमा काठमाडौंमा १४२, चितवन २३, दोलखा १, धादिंग १, नुवाकोट २, भक्तपुर १५, मकवानपुर ३२, रसुवा १, ललितपुर २५, सिन्धुलीमा ८ जनामा कोरोना पुष्टि भएको छ।

गण्डकीमा कास्कीमा १, नवलपरासी पूर्वमा १९, पर्वतमा १, मनाङमा २, बाग्लुंगमा ३ र स्यांग्जामा १ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ मा अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा ४, पाल्पामा १, प्युठानमा ६, बर्दियामा ६, बाँकेमा २०, रुपन्देहीमा १७ र रोल्पामा १ जना रहेका छन्।

कर्णालीमा कालीकोटमा १, जुम्लामाम ५३, दैलेखमा १, रुकुमपश्चिममा ३ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशमा अछाममा ३८, कञ्चनपुरमा १४, कैलालीमा ८५, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ गरी जम्मा २९२ महिला र ५४६ पुरुष गरी ८३८ जनामा कोरोना पुष्टि भएको हो।

क्वारेन्टिनमा १२ हजार २ सय ३४ जना रहेका छन्। देशभर १२ हजार १३२ जना सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेनसमा ८ हजार ५४६ जना रहेका छन्। आज १३ हजार ५७९ को पीसीआर परीक्षण गरिएको छ। योसँगै ५ लाख ७९ हजार ८९९ पीसीआर परीक्षण भइसकेको छ। २५० जनासँगै १८ हजार २१४ जना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .