समाज


रुस भन्छ : हामीले बनाएको कोरोना खोप उत्पादनका लागि भारतले पनि साझेदारी गर्ने आशामा छाैँ

रुस भन्छ : हामीले बनाएको कोरोना खोप उत्पादनका लागि भारतले पनि साझेदारी गर्ने आशामा छाैँ

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ४:५२,

रुसले आफूले बनाएको कोरोना खोप उत्पादनमा भारतले पनि साझेदारी गर्ने आशा राखिएको जनाएको छ।

रुसको प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का मुख्य कार्यकारी अधिकारी किरिल दिमित्रेवले आफ्नो देशले बनाएको स्पुतनिक-५ खोप उत्पादनका लागि भारतले पनि सहकार्य गर्ने अपेक्षा गरिएको बताएका हुन्।

द टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार एक अनलाइन पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ल्याटिन अमेरिका, एसिया र पश्चिम एसियाका कैयौं देश खोप उत्पादनका लागि इच्छुक रहेको बताएका छन्।

उनले भने, ‘यस खापको उत्पादन ज्यादै महत्वपूर्ण विषय हो र यसमा हामीले भारतसँग साझेदारीको आशा गरेका छौं। इसो भन्नु अति महत्वपूर्ण छ कि खोप उत्पादनका लागि गरिने साझेदारीले हामीलाई माग पूरा गर्न सक्षम हुनेछौं।’

याे पनि

रसियन राजदूत भन्छन् : रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई छिट्टै दिन तयार छौं

आफूले बनाएको कोरोना खोपप्रति प्रश्न उठेपछि रुसले गर्नेभयो हजारौं मानिसलाई लगाएर परीक्षण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad