गाई काटेको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका-५ बाट चार जनालाई पक्राउ गरेको छ।
काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा बिहीबार राति चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए।
गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया