छापा खबर


खाडीका प्रवासीलाई उद्धारका नाममा सरकारले यसरी गर्‍याे उपेक्षा

खाडीका प्रवासीलाई उद्धारका नाममा सरकारले यसरी गर्‍याे उपेक्षा

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार २:३८,

लकडाउनपछि सरकारले उडान खुलाएसँगै एयरलाइन्स कम्पनीहरूले धमाधम उडान गरिरहेका थिए ।

३२ जेठयता तीन सय ३० उडानबाट ५१ हजार नौ सय ६३ नेपाली स्वदेश फर्किएका थिए । सरकारले पाँचौँ चरणको उद्धार गर्नका लागि ‘सेड्युल’ पनि सार्वजनिक गरिसकेको थियो ।

१ देखि १५ भदौसम्म सरकारले पाँचौँ चरणको उद्धारमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई १७ उडानको अनुमति दिएको थियो । हिमालय एयरलाइन्सले १५ वटा उडानको अनुमति पाएको थियो । अन्य विदेशी एयरलाइन्सलाई ११ उडानको अनुमति दिइएको थियो ।

आजको नयाँ पत्रिका दैनिकमा केदार दाहाल र मुना कुँवरले लेखेको समाचार अनुसार १ देखि ४ भदौसम्मका अधिकांश टिकट काटिएको थियो । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज दुई सय १७ नेपाली यात्रु लिएर ३२ साउनमा दुबईका लागि उडेको थियो ।

१ भदौ बिहान फर्कने तयारी थियो । उद्धारका नाममा सरकारले तोकेको तीन सय ७२ डलर (४५ हजार रुपैयाँ) तिरेर घर फर्कन दुई सय ६६ नेपाली दुबई विमानस्थल पुगिसकेका थिए । तर, यता ३२ साउनमै बसेको सिसिएमसीको बैठकले ‘उद्धार’ उडान रोक्ने निर्णय ग¥यो ।

१ भदौबाट सुरु हुने भनिएको पाँचौँ चरणको उडानका लागि विदेशबाट घर फर्किन दुई हजार तीन सय २० जनाले टिकट काटिसकेका थिए । उनीहरूले टिकटमा मात्रै १० करोड ५२ लाख २९ हजार तिरिसकेका छन्।

निगमको जहाज ३२ भदौ दिउँसो दुबईका लागि उडेको थियो । त्यसपछि बसेको सिसिएमसीको बैठकले उडान रोक्ने निर्णय ग¥यो ।

‘त्यसपछि निर्णय कार्यान्वयन गर्ने एउटा विषय हुन सक्थ्यो, तर नेपालबाट जहाज उडिसकेको र त्यो जहाजमा आउन दुबईमा चेक इनसमेत गरिसकेका यात्रुलाई त्यो निर्णय लागू हुनुपर्ने कुनै कारण थिएन,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘चेक इन नै गरेका भए पनि उनीहरूलाई फर्काउनु र खाली जहाज लिएर आउन दिनु भन्ने निर्देशन आयो।’

तर, यता नेपाल वायुसेवा निमगले यताबाट जहाज गइसकेकोले सो जहाजमा आउने यात्रुलाई नरोक्न प्राधिकरणलाई अनुरोध ग¥यो ।

‘तर, सिसिएमसीले जहाज खाली ल्याउन निर्देशन दिइसकेको छ भन्ने जवाफ आयो, उसको निर्देशनमा मात्र निर्णय परिवर्तन गर्न सकिने जवाफ आयो । सिसिएमसीले निर्णय तत्कालै कार्यान्वयन हुने अडान लियो,’ निगमका एक अधिकारीले भने, ‘सिसिएमसीले क्वारेन्टाइन बनाउन पहल गरिरहेको छ, अहिले क्वारेन्टाइन तयारी अवस्थामा छैनन्, त्यसैले कहीँबाट पनि यात्रु ल्याउने अनुमति छैन भनेर हामीलाई स्पष्ट भनियो ।’

सिसिएमसीले सकारात्मक जवाफ नदिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसम्म अनुरोध पुगेको थियो । ‘सरकारले आफ्नो निर्णय कडाइका साथ लागू गर्छ’ भन्दै पोखरेलले जहाज रित्तै ल्याउन र यो विषयमा थप विवाद नगर्न निर्देशन दिएको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए ।

सरकार आफ्नो निर्णय कडाइका साथ कार्यान्वयन गर्छ भन्दै उपप्रधानमन्त्री पोखरेलको निर्देशनमा दुबईका श्रमिकलाई विमानस्थलबाट फर्काएपछि निगमको खाली जहाज १ भदौको बिहान ९ बजे काठमाडौं अवतरण गरेको थियो ।

तर, सात घन्टापछि टर्किस एयरको जहाज भने दिउँसो ४ बजे दुई सय एक यात्रु लिएर काठमाडौं अवतरण ग¥यो । पर्यटन मन्त्रालयका अधिकारीले भने, ‘टर्किसको उडानबाट युरोपका नेपाली आए, त्यो राम्रो भयो, तर निगमको उडानबाट दुबईका नेपाली आउन पाएनन्, यो सरासर अपराध भयो ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad