नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेलाई कोरोना संक्रमण पुष्टि भएको छ।
सर्लाहीको बागमती नगरपालिकामा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो। वाग्लेसहित सत्तारुढ नेकपा सर्लाहीका प्रमुख तीन नेता कोरोना संक्रमित भइसकेका छन्।
हाल महोत्तरीको बर्दिबासस्थित आफ्नै निवासमा रहेका वाग्लेले रिपोर्टले कोरोना पोजेटिभ देखाएपनि आफूलाई संक्रमणको कुनै लक्षण नदेखिएको बताए। ‘गएको साेमबार स्वाब दिएको थिएँ, हिजो बिहीबार पोजेटिभ भनेर रिपोर्ट आयो,’ उनले भने, ‘तर ममा कोरोनाको कुनै लक्षण देखिएको छैन।’
अब नेगेटिभ रिपोर्ट नआउन्जेल होम आइसोलेसनमै बस्ने वाग्लेले बताए। वाग्लेकी पत्नी सरस्वती मिश्रको भने परीक्षणको रिपोर्ट आउन बाँकी छ।
यसअघि नेकपा सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्त र नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सर्लाही जिल्ला सह इन्चार्ज अच्युतम काफ्लेलाई पनि कोरोना देखिएको थियो।
पन्त भने बिहीबार कोरोना मुक्त भइसकेका छन्। नेता काफ्ले अहिले पनि होम आइसोलेसनमै छन्।

प्रतिक्रिया