समाज


कुखुराको मासु र अन्डाबाट कोरोना भाइरस सर्दैन, बरु यस्तो फाइदा गर्छ : पशु सेवा विभाग

कुखुराको मासु र अन्डाबाट कोरोना भाइरस सर्दैन, बरु यस्तो फाइदा गर्छ : पशु सेवा विभाग

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ३:१७,

पशु सेवा विभागले कुखुराको मासु र अन्डाबाट कोरोना भाइरस नसर्ने बरु यसले फाइदा पुर्‍याउने दाबी गरेको छ।

नेपालका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भाइरस भेटिएको भन्ने खबर प्रकाशन प्रसारण भएकाले जनमानसमा भ्रम पर्न गएको भन्दै विभागले विज्ञप्ति जारी गरी खण्डन गरेको हो।

पोल्ट्री व्यवसायमा असर गर्ने यस्ता भ्रामक समाचारको पछि नलाग्न पनि विभागले आग्रह गरेको छ।

कुखुराको मासु र अन्डाको नियमित सेवनले बरु कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने दाबी विभागले गरेको छ।

विभागले अहिलेसम्म विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानबाट कुनै जनावर र पन्छीबाट कोरोना सर्ने वैज्ञानिक आधार नपाइएको उल्लेख गरेको छ।

pasubi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad