ad ad

समाज


प्रहरीकाे मोटरसाइकललाई जिपले ठक्कर दिँदा दुई जवानको मृत्यु

प्रहरीकाे मोटरसाइकललाई जिपले ठक्कर दिँदा दुई जवानको मृत्यु

नेपालखबर
भदौ ३, २०७७ बुधबार १३:१३,

पोखराको पस्याङमा सवारी दुर्घटनाहुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ।

ग१ब ३६९ नंकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग२च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

हमालका अनुसार दुर्घटनामा परेका प्रहरी जवान पाल्पा घर भएका २० वर्षका चन्द्रबहादुर बगालेको घटनास्थलमै मृत्यु भएको हो। अर्का घाइते बर्दिया घर भएका प्रहरी हवल्दार ३४ वर्षीय डम्बरबहादुर थारुको उपचारको क्रममा आज मृत्यु भएको हो।

उनीहरु दुवै वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए। जिप चालक धादिङ जिल्ला धुनीबेशी गाउँपालिका–५ घर भई कास्कीको पोखरा महानगरपालिका–२३ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .