समाज


पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च 

 पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च 

नेपालखबर
भदौ २, २०७७ मंगलबार ०:४३,

पृथ्वीमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ।

अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा रहेको फरनेस क्रिकले पृथ्वीको हालसम्मकै उच्च तापक्रम मापन गरेको बिबिसीले जनाएको छ।

त्यहाँको फरनेस क्रिकमा १३० डिग्री फरेनहाइट अर्थात् ५४.४ डिग्री सेल्टिग्रेड मापन गरिएको हो। यसअघि सन् २०१३ मा डेथ भ्यालीमा १२९.२ डिग्री फरेनहाइट तापक्रम मापन गरिएको थियो।

शनिबार मापन भएको १३० डिग्री फरेनहाइट अर्थात् ५४.४ डिग्री सेल्टिग्रेड तापक्रमलाई अमेरिकी राष्ट्रिय मौसम सेवाले प्रमाणिकरण गर्न बाँकी छ।

अमेरिकाको पश्चिमी तटमा आएको ताप लहरकै बीचमा उक्त तापक्रमले नयाँ कीर्तिमान बनाएको बताइएको छ। तापक्रम अझै बढ्ने अनुमान विज्ञहरुले गरेका छन्।

अत्यधिक तापक्रमकै कारण शनिबार त्यहाँको बिजुली बिग्रिएर काम गर्न छाडेपछि क्यालिफोर्नियामा दुई दिन ब्याकआउट गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad