स्थानीयलाई कोरोना प्रकोपको प्रभावबारे चेतना फैल्याउने हिसाबले अभियान संचालन गरेको रतुवामाई नगरपालिका ५ र ८ का स्थानीय युवा समूहले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युवालाई आफ्नो परिवार तथा समुदायमा कोरोना भाइरस सम्बन्धी सचेतना फैलाउन आग्रह गर्दै आएको छ।
भाइरसविरुद्धको लडाईमा सहयोग गर्न सरकारले युवामाझ आह्वान गरेपछि युवा समूहहरुले देशभर सचेतना अभियान सञ्चालन गरिरहेका छन्।
सिंगो देशले कोरोना भाईरससँग जुधिरहेको अवस्थामा स्थानीयबासीलाई कोरोना भाइरस र यसबाट जोगिने उपायबारे बुझाउने अविभारा हरेक समुदायका युवाको काँधमा आएको रतुवामाई सचेतना अभियानका सदस्य हरि ढुङ्गाना बताउँछन्।

ढुङ्गानाका अनुसार रतुवामाई ५ र ८ स्थित उल्लुघुटु, मिलडाँडा, संजिवनी र कोइलीडाँगीका १ सय ५० घरमा ६ सय मास्क वितरण गरिएको छ।
कोरोना भाइरसबाट बच्ने उपायसम्बन्धीका पर्चा, तथा पम्प्लेट पनि घर—घरमा वितरण गरिएको उनको भनाइ छ।
युवा समूहले स्थानीयलाई मास्क वितरण गर्दै सही प्रयोग गर्ने तरिका तथा बजार तथा चोकमा जाँदा भैतिक दूरी कायम गर्ने बारे पनि सचेत गराएका छन्।

प्रतिक्रिया