सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएका थप तीन जनाको शव भेटिएको छ।
सोमबार २२ वर्षीय छविलाल दोङ, ६ वर्षीय सुमन दोङ र १० वर्षीय सुरज दोङको शव भेटिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताए।
योसँगै पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ।
पहिरोमा अझै १७ जना हराइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए।
उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेको छ।
प्रतिक्रिया