सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित गोल्छे लिदीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शव फेला परेको छ।
सो पहिरोमा परी अन्य २० जना हराइरहेका छन्। पहिरोमा ३९ जना पुरिएका थिए।
पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय खटेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोकबाट खटिएको एपीएफ टोली उक्त पहिरोमा परी बेपत्ता रहेकाहरुको खोजी तथा उद्धार कार्यमा सकृयताका साथ जुटेको एपीएफले जनाएको छ।
याे पनि: लिदीमा किन पहिरो गयो?

प्रतिक्रिया