कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका व्यक्ति केही समय अगाडि सीमा शहर केसङमा भेटिएका थिए।
ती व्यक्ति पहिले उत्तर कोरियाबाट दक्षिण कोरिया भागेर पुगेका थिए। उनी पुनः हालै उत्तर कोरिया फर्किएका थिए।
उनमा कोरोना लागेको आशंका गरिएको भनेर उत्तरका संचारमाध्यमले जनाएका थिए। त्यसलगत्तै केसङमा लकडाउन लागू भएको थियो।
विश्वभर कोरोना भाइरसको महामारीले लाखौंको ज्यान लिइसकेको छ। करोडौं संक्रमित छन्।
तर हालसम्म पनि उत्तर कोरियामा कोरोनाबाट कोही संक्रमित बनेको पुष्टि भएको छैन।
हालै मात्र उत्तर कोरियाले पनि कोरोना भाइरसको खोप बनाइरहेको समाचारहरु सार्वजनिक भएका थिए। न्युयोर्क पोस्ट

प्रतिक्रिया