ad ad

समाज


कोरोना संक्रमितसँग सम्पर्क भएको ५ दिनपछि मात्रै पीसीआर परीक्षण गराउन अनुरोध

कोरोना संक्रमितसँग सम्पर्क भएको ५ दिनपछि मात्रै पीसीआर परीक्षण गराउन अनुरोध

नेपालखबर
साउन ३२, २०७७ आइतबार ०:४७,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुले पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन अनुरोध गरेको छ।

मन्त्रालयले प्रवक्ता डा‍. जागेश्वर गौतमले सङ्क्रमित व्यक्तिका सम्पर्कमा आएका व्यक्तिले तुरुन्तै पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पाइएकाले त्यसो नगरी सङ्क्रमित व्यक्तिको रिपोर्ट आएको पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन अनुरोध गरेका हुन्। 

‘पीसीआर पोजेटिभ आउन पाँच-सात दिन लाग्ने भएकाले र तुरुन्तै पीसीआर परीक्षण गर्दा फाल्स नेगेटिभ हुने भएकाले पाँच दिन नपुगी परीक्षण नगर्न, नगराउन अनुरोध गरेको छ,’ उनले भने।

अहिले काठमाडौँ उपत्यकामा १४ अस्पताललाई पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन केन्द्रका रूपमा तोकी स्वाब सङ्कलन भइरहेकाे छ। 

यसका साथै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहले पनि आवश्यकतानुसार स्वाब सङ्कलन गरिरहेका छन्।

उनले उक्त अवधिभित्र सङ्क्रमितको सम्पर्कमा आएकालाई घरमै बस्नसमेत अनुरोध गरिएको जानकारी दिए।

अहिलेसम्म नेपालमा पाँच लाख पाँच हजार ६६० जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .