समाज


एसबीआई बैंक भैरहवा शाखाका थप १२ जनामा कोरोना पुष्टि

एसबीआई बैंक भैरहवा शाखाका थप १२ जनामा कोरोना पुष्टि

प्रकाश न्यौपाने
साउन ३१, २०७७ शनिबार १३:४२,

रुपन्देही सदरमुकाम सिद्धार्थनगर नगरपालिका भैरहवामा रहेको नेपाल एसबीआई बैंक लिमिटेडका थप १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

बैंकका एक कर्मचारीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएसँगै गरिएको परीक्षणमा शनिबार १२ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरेर बैंकका अन्य कर्मचारीको पनि स्वाब परीक्षण गर्दाथप १२ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए। कर्मचारीलाई संक्रमण पुष्टि भएसँगै शुक्रबारदेखि नै बैंक सिल गरिएको छ।

रुपन्देही जिल्लामा शनिबार बैंकका कर्मचारीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिललामा भेटिएका अन्य संक्रिमितमध्ये २ जना सिद्धार्थनगर वडानम्बर २ का छन्। यस्तै, बुटवल उपमहानगर ११ देवीनगरका २ जना र एक जनाको भने वडा नम्बर खुलेको छैन।

जिल्लामा समुदायस्तरमा कोराना फैलिएको भन्दै स्थानीय तहहरुले लकडाउन समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .