ad ad

समाज


आजदेखि भरतपुरमा ५ दिनका लागि निषेधाज्ञा, जनजीवन ठप्प

आजदेखि भरतपुरमा ५ दिनका लागि निषेधाज्ञा, जनजीवन ठप्प

नेपालखबर
साउन ३१, २०७७ शनिबार ४:२९,

निषेधाज्ञा जारी भएपछि शनिबार बिहानदेखि चितवनको भरतपुर महानगरपालिका क्षेत्रको जनजीवन ठप्प भएको छ।

नगर क्षेत्रमा स्थानीय प्रशासनले शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हो। शनिबार बिहान भरतपुर क्षेत्रमा उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्रामा चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन्। निषेधाज्ञापछि स्थानीयवासी घरभित्रै बसेका छन्।

अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइने स्थानीय प्रशासनले जनाएको छ। बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।

आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने चेतावनी दिइएको छ। भरतपुर महानगरमा गएको चार दिनमा ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ।

हालसम्म महानगरभित्र एक सय जनामा सङ्क्रमण देखिएकामा एक जनाको मृत्यु भएको छ भने अन्य निको भएका छन्। महानगर प्रमुख रेनु दाहालले जो जहाँ छ त्यहीँ रहने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .