काठमाडौं उपत्यकामा कोरोना महामारी तीब्ररुपमा फैलिन थालेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले राजधानीमा अझ कडाइ गर्दै थप गतिबिधिलाई निषेधित गरेको छ।
शुक्रबार राती १२ बजेदेखि भदौ १५ गतेसम्म त्यस्ता गतिबिधि गर्न रोक लगाइएको हो।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक आदेश जारी गर्दै खुल्ला स्थानमा भेला गर्न, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव आदि गर्न निषेधित गरेको छ।
त्यसैगरी दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिबिधिहरु, उद्योग व्यापार, व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु, चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु निषेधित गरिएको छ।
त्यसैगरी, शैक्षिक संस्थाहरु संचालन गर्न, सबै प्रकारका सभा गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना समुहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्राहलय, चिडियाखाना संचालन पनि निषेध गरिएको छ।
भदौ १५ सम्म फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा-साइकलमा संचालन हुने बिभिन्न व्यवसाय, कवाडी संकलन गर्न, उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत
श्रमिक, कामदारको ओसार पसार गर्न र टेक अवे बाहेक होटल, रेष्टेराँ सञ्चालन गर्न पनि रोक लगाइएको छ।
याे पनि: काठमाडौँ उपत्यकाका थप ११९ जनामा कोरोना संक्रमण
काठमाडौं वडा १४ ले भन्यो : कोरोना समुदायस्तरमा फैलियाे, घरबाहिर ननिस्कनु, पाहुना नबोलाउनु
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ दाहालद्वारा जारी आदेशः

Shares

प्रतिक्रिया