काठमाडौं महानगरपालिकाको वडा नं. १४ मा पर्ने क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको हुँदा थप शतर्कता अपनाउन सो वडासमितिले स्थानीयवासीसँग आह्वान गरेको छ।
समिति अध्यक्ष शोभा सापकोटाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै वडा नं. १४ भित्रका क्षेत्रहरुमा कोरोनाको महामारी समुदायस्तरमा पुगेको कुरा दुःखका साथ अवगत गराउनुपरेको बताएकी छन्।
उनले स्थानीयवासीलाई अत्यन्त सावधानी अपनाउँदै कुनैपनि अवस्थामा घर बाहिर ननिस्कन, एकाघरमा बसेका मानिसबाहेक अरु आफन्त नातेदार, साथीहरु कसैसँग सम्पर्क नगर्न, सबैकोमा आउजाउ नगर्न, पाहुना हुन नजान र पाहुना नबोलाउन, जो जहाँ छौं त्यही बसेर चाडबाड मनाउन आग्रह गरेकी छन्।
काठमाडौं महानगरपालिका वडा नं. १४ क्षेत्रमा कोभिड–१९ भाइरसको संक्रमण अन्य वडाहरुको तुलनामा धेरै भेटिएको र समुदाय स्तरमै फैलने क्रम बढ्दै गइरहेको हुँदा सो वडाले अत्यावश्यक सेवाबाहेक अन्य सेवाप्रवाह १५ दिनको लागि बन्द गर्ने निर्णय गरेको छ।
वडा नं. १४ मा खड्का गाउँ, कलंकी, वाफल, लामपाटी, रविभवन, गोदारगाउँ, मदननगर बल्खु, बल्खु तरकारी बजार, त्रिवि परीक्षा नियन्त्रण कार्यालय, त्याङला फाँट, कुलेश्वर, सरस्वती टोल लगायतका क्षेत्र पर्छन्।
वडाले जारी गरेकाे सूचना:


प्रतिक्रिया