कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ।
बिहीबार मृत्यु भएका धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए।
श्वासप्रश्वासमा समस्याभएपछि बिहीबार प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो। अवस्था सिकिस्त भएकाले उनलाई आइसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने थियो।
प्रादेशिक अस्पतालमा आइसीयू सञ्चालन गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी होम क्वारेन्टिन र आइसोलेसनमा रहेका कारण आइसीयू सेवा बन्द भएको छ।
त्यसै कारण बिरामीलाई काठमाडौं रेफर गर्दा बाटोमै मृत्यु भएको निर्देशनालयका वरिष्ठ अधिकृत झाले बताए।
मृतकको स्वाब परीक्षणका क्रममा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको हो। योसँगै कोरोनाबाट धनुषामा मृत्यु हुनेको संख्या ७ पुगेको छ।

प्रतिक्रिया