कारोबार


कोरोना कोषमा सनराइज बैंकले दियो ७९ लाख ४४ हजार

कोरोना कोषमा सनराइज बैंकले दियो ७९ लाख ४४ हजार

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ८:२३,

सनराइज बैंकले सरकारले खडा गरेको कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा ७९ लाख ४४ हजार ५४ सय ७६ रुपैयाँ जम्मा गरेको छ।

बैंकले उक्त रकमबराबरको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको अर्थमन्त्रीका प्रेस संयोजक यमप्रसाद पौडेलले जानकारी दिए।

मौद्रिक नीति २०७७/०७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/०७७ को असारसम्म खर्च हुन बाँकी रकम सरकारले स्थापना गरेको उक्त कोषमा जम्मा गर्नुपर्ने व्यवस्थाअनुरुप बैंकले सहयोग रकम जम्मा गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad