ad ad

समाज


अभ्यास गरिरहेको अमेरिकी सैन्य हेलिकप्टरमा आक्रमण हुँदा एक घाइते

अभ्यास गरिरहेको अमेरिकी सैन्य हेलिकप्टरमा आक्रमण हुँदा एक घाइते

नेपालखबर
साउन २९, २०७७ बिहिबार १०:९,

गत सोमबार भर्जिनियाको मानससमा अमेरिकी हवाई सेनाहरुले सैन्य अभ्यास गरेका थिए। सो क्रममा एक यूएच–१एन हेलिकप्टर हजार फिटको उडिरहेको थियो।

सोही समयमा उक्त हेलिकप्टरमा गोलाबारी भएको थियो। हेलिकप्टरमा गोली लागेपछि उक्त हेलिकप्टर सुरक्षित स्थानतर्फ लगिएको थियो।

हेलिकप्टर मानसस रिजिनल एयरपोर्टमा सफल रुपमा अवतरण भएको थियो। हेलिकप्टरमा दुई पाइलट थिए। एक जना यस घटनामा घाइते भएको र उनको उपचार भइरहेको बताइएको छ।

हाल एफबीआईले हेलिकप्टरमा आक्रमण गर्ने व्यक्तिको खोजी गरिरहेको छ। यस विषयमा अनुसन्धान भइरहेको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .