ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त (थानकोट) बाट खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरि नगरपालिका–८, मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो।
उदाास र टेकु बस्ने सिन्धुली सुनकोसी गाउँपालिका–३ का २८ वर्षीय अमृतकुमार वैद्यले २०७६ चैत २ गते राति चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी घर भएका बा २ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णुबहादुर श्रेष्ठलाईा ढुंगा तथा इँटाले हानेर गम्भीर घाइते बनाएका थिए।
घटनामा संलग्न वैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने उदास फरार थिए। आवश्यक कारबाहीका लागि उदासलाई जिल्ला अदालत (काठमाडौं) पेस गरिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया