समाज


विप्लव समूहका १३ जना कार्यकर्ता पक्राउ

विप्लव समूहका १३ जना कार्यकर्ता पक्राउ

नेपालखबर
साउन २९, २०७७ बिहिबार २:१०,

प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुई दुई, दैलेख र डोल्पाबाट एक एक गरी १३ जनालाई पक्राउ गरिएको हो।

प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ। दुवै जना सोही समूहका जिल्ला कमिटी सदस्य रहेको बताइएको छ।

प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले उनीहरुको साथबाट विभिन्न दस्तावेज, निर्माण व्यवसायीलाई आर्थिक सहयोगको लागि लेखिएका पत्र तथा रकम असुल गरेका अर्धकट्टीसमेत बरामद गरिएको बताए।

रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हीरामणि रावलसहित विप्लव समूहका चार जना कार्यकर्तालाई आठबीसकोट नगरपालिकाको राडीबजारबाट पक्राउ गरिएको छ। रावलसहित विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, समूहका जिल्ला सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पक्राउ परेका हुन्।

त्यस्तै, दैलेखको आठबीस नगरपालिका–६ का उदय विक, मुगुको सोरु गाउँपालिका–६ निवासी जिल्ला सेक्रेटरी रामबहादुर भाम ‘उदय’, जुम्लाको हिमा गाउँपालिका–७ निवासी जिल्ला सदस्य नन्द तिवारी र सोही गाउँपालिकाकी सपना बुढा पक्राउ परेका छन्। जुम्लाको गोठीचौर गाउँपालिका–१ का सूर्य महतारा, सल्यान बागचौर नगरपालिका–४ का मोहन केसी र सोही नगरपालिका–२ का सेजन चन्द पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये सल्यानबाट एक जनालाई छाडिएको छ भने दैलेखका एक, सल्यानका एक, रुकुम पश्चिमका चार र डोल्पाका एक जनालाई मुद्दा दर्ता गरिएको छ। प्रदेश प्रहरी प्रवक्ता बास्तोलाले उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुविधा र अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad