समाज


१० हजार ४८१ को पीसीआर परीक्षण, ४८४ जनामा कोरोना पुष्टि

१० हजार ४८१ को पीसीआर परीक्षण, ४८४ जनामा कोरोना पुष्टि

नेपालखबर
साउन २८, २०७७ बुधबार १०:४७,

नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ४८४ जनामा कोरोना भाइरस पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७२८ पुगेको छ।

प्रवक्ता गौतमले क्वारेन्टाइनमा १४ हजार ८ सय ४६, आइसोलेसनमा ७ हजार ६ सय १३ रहेको  जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad