समाज


कोरोना संक्रमणबाट मेडिसिटी अस्पतालमा जनकपुरका पूर्वमेयरको निधन

कोरोना संक्रमणबाट मेडिसिटी अस्पतालमा जनकपुरका पूर्वमेयरको निधन

शैलेन्द्र महतो
साउन २८, २०७७ बुधबार ४:४८,

कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ।

जनकपुरको रामा होटेलका संचालक ७३ वर्षीय गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ।

जनकपुरको मिल्स एरियामा रामा होटेल सञ्चालन गर्दै आएका गिरीलाई १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको अवस्था बिग्रिदै गएपछि केहि दिन अघि श्री एयरलायन्सको विमान चार्टर गरी थप उपचारको लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो।

वि.सं. २०४४ सालमा जनकपुर नगरपालिकाको मेयर भएका गिरी पछिल्लो समय होटेल संचालन/व्यवस्थापनमा बढी सक्रिय थिए। उनी जनकपुरमा प्रतिष्ठित होटेल व्यवसायीको रुपमा समेत परिचित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad