समाज


बाघको छालासहित भक्तपुरबाट चार जना पक्राउ

बाघको छालासहित भक्तपुरबाट चार जना पक्राउ

नेपालखबर
साउन २७, २०७७ मंगलबार १५:१२,

भक्तपुरबाट प्रहरीले बाघको छालासहित चार जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–८ सुठा डेरा गरी बस्ने रामेछाप सुनापाती गाउँपालिका–५ रुपाकोट घर भएका १८ वर्षीय किशोर लगायत ४ जना रहेको प्रहरीले जनाएको छ।

बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरीले कालो, खैरो र सेतो रंगको उक्त छाला, २ थान मोटरसाइकल,८ थान मोबाइलसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad