कला


वितरक श्रेष्ठले शुरु गरे निशुल्क सेनिटाइजर बुथ

वितरक श्रेष्ठले शुरु गरे निशुल्क सेनिटाइजर बुथ

नेपालखबर
साउन २७, २०७७ मंगलबार १४:१४,

चलचित्र निर्माता, वितरक, कलाकार तथा जागौं यूवा अभियानका अध्यक्ष करण श्रेष्ठले आम मानिसका लागि निशुल्क सेनिटाइजर बुथको शुरुवात गरेका छन्।

करणले अनमानगरबाट सो कार्यको थालनी गरेका हुन्। बाटो हिँड्ने आम मानिसका लागि बाटोमै अटोमेटिक सेनिटाइजर बुथको व्यवस्था शुरु गरेको हो। हाललाई अनामनगरस्थित पूर्वी गेटमा बाटो हिँड्ने आम मानिसका लागि सेनिटाइजरको बुथ राखिएको छ।

जहाँ हात राख्नासाथ सेनिटाइजर लगाउन पाईन्छ। कोरोना त्रास बढ्दै गर्दा आम मानिसको स्वास्थ्यलाई ख्याल गरेर यस्तो वुथ सञ्चालनमा ल्याएको उनले बताएका छन्।

केही दिन अघिदेखि जागौं यूवा अभियानले निशुल्क मास्क समेत वितरण गर्दै आएको थियो। त्यस लगतै अटोमेटिक निशुल्क सेनिटाइजर बुथ सञ्चालनमा ल्याईएको हो।

सो बुथको उद्घाटन कलाकार दिपकराज गिरी, अनामनगर प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत, चलचित्र पत्रकार संघका महासचिव समीर बलामी, गुण सिनेमा प्रालिका सञ्चालक महेश प्रसाद किजु र जागौं यूवा अभियानका अध्यक्ष करण श्रेष्ठ लगायतले गरेका थिए।

अभियानका अध्यक्ष श्रेष्ठका अनुसार, सो बाटो भएर हिँडडुल गर्ने आम मानिसले उक्त बुथबाट हात सेनिटाइज गर्न सक्नेछ। यसले कोभिड–१९ सँगको लडाई सहकार्यमा सहयोग हुने उनले बताएका छन्।

सरकारको अभियानलाई सफल पार्न पनि आम मानिस र सामाजिक अगुवाई गर्ने व्यक्तिहरुले यस्तो खालको कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने करणले बताए। सबै मानिसले सेनिटाईजर बोकेर हिडेँको पनि नहुन सक्छ। कतिपयले सधैँ किनेर लगाउन पनि सक्दैना्। त्यसैले यस्तो अभियानलाई सबै ठाउँमा तिब्रता दिए सिंगो समाज नै सेनिटाइज हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad