कोरोना भाइरसको संक्रमणबाट नेपालमा एक संवैधानिक निकायका प्रमुखसमेत संक्रमित बनेका छन्।
मंगलबार ती अधिकारीमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ
सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनको उनी सहितका अधिकारीको स्वाब संकलन गरिएको थियो।
मंगलबार उनको रिपोर्ट पोजिटिभ आएको र अन्य केही अधिकारीको रिपोर्ट आउने क्रममा रहेको बताइएको छ।
संक्रमित ती अधिकारी अहिले घरमै होम आइसोलेसनमा बसेका छन्। उनी अहिलेसम्म नेपालमा संक्रमित हुनेमा सबैभन्दा उच्चपदस्थ अधिकारी हुन्।
केही दिन अघि उनका ड्राइभर र उनको सुरक्षामा खट्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो।

प्रतिक्रिया