समाज


प्रहरीले सार्वजनिक गर्‍यो गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्त

प्रहरीले सार्वजनिक गर्‍यो गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्त

उजिर कार्की
साउन २७, २०७७ मंगलबार ५:४०,

प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ।

तीन दिनअघि गोंगबुुमा भएको एक पुुरुषको हत्या घटनामा आमाछोरीको संलग्नता रहेको निस्कर्षमा पुगेको प्रहरीले आज एकजनालाई सार्वजनिक गरेको हो।

सो आरोपमा प्रहरीले ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई चितवनबाट पक्राउ गरेको जनाएको छ।

गत आइतबार दाङका कृष्णबहादुर बोहोराको हत्या गरिएको कोठामा डेरा गरी बस्ने कल्पना र उनकी १५ वर्षीया छोरीलाई चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको हो।

उनीहरुको बयानका आधारमा प्रहरी उनीहरुले नै हत्या गरेको निस्कर्षमा पुुगेको हो।

प्रहरीले मृतकको पहिचानका लागि सोमबार मृतकको फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो।

प्रहरीले हत्यामा थप व्यक्तिको संलग्नताको आशंका गरे पनि कल्पनाले अन्यको संलग्नता नरहेको बयान दिएकी छन्।

प्रहरी श्रोतका अनुसार आफूमाथि यौन हिंसा भएकोले हत्या गर्न बाध्य भएको उनको बयान छ। ‘आफूमाथि पटक–पटक यौन हिंसा भएपछि सुरुमा अण्डकोषमा हानेँ, पछि खुकुुरीले घाँटी र खुुट्टा काटेँ,’ अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उनलाई उद्धृत गर्दैै भने।

काटिसकेपछि जिउ सुटकेसमा तथा खुुट्टा र टाउको जेब्रा झोलामा राखेर छुुट्टा छुुट्टै स्थानमा फालिएको थियो। शव मिल्काउन छोरीको सहयोग लिएको कल्पनाले बताएकी छन्।

हत्यामा प्रयोग भएका दुुईवटा खुुकुरी र हम्मर प्रहरीले फेला पारिसकेको छ।

गएको आइतबार बिहान बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर, टाउको र खुुट्टा भने ३ सय मिटर टाढा खाली जग्गाको कुुनामा फेला परेको थियो।

याे पनि: 
गोंगबु हत्याकाण्ड : आमाछोरीले हत्या गरेको निष्कर्षमा प्रहरी, कारण यौन हिंसा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .