समाज


गोंगबु हत्याकाण्ड : आमाछोरीले हत्या गरेको निष्कर्षमा प्रहरी, कारण यौन हिंसा

गोंगबु हत्याकाण्ड : आमाछोरीले हत्या गरेको निष्कर्षमा प्रहरी, कारण यौन हिंसा

उजिर कार्की
साउन २७, २०७७ मंगलबार ३:३७,

तीन दिनअघि गोंगबुुमा भएको एक पुुरुषको हत्या घटनामा आमाछोरीको संलग्नता रहेको निस्कर्षमा प्रहरी पुुगेको छ।

दाङका कृष्णबहादुर बोहोराको हत्या गरिएको कोठामा डेरा गरी बस्ने कल्पना मुडभरी (पौडेल)* र उनकी १५ वर्षीया छोरी चितवनबाट पक्राउ परेपछि उनीहरुको वयानका आधारमा प्रहरी उनीहरुले नै हत्या गरेको निस्कर्षमा पुुगेको हो।

आमाछोरीको मात्रै संलग्नतामा हत्या गरेर शव फालिएकोमा केही शंका गर्ने ठाउँ रहेपनि कल्पनाले अन्यको संलग्नता नरहेको वयान दिएकी छन्।

प्रहरी श्रोतका अनुसार आफूमाथी यौन हिंसा भएकोले हत्या गर्न बाध्य भएको उनको वयान छ। ‘आफूमाथी पटक पटक यौन हिंसा भएपछि सुरुमा अण्डकोषमा हानेँ, पछि खुकुुरीले घाँटी र खुुट्टा काटेँ,’ अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

काटिसकेपछि जिउ सुडकेसमा तथा खुुट्टा र टाउको जेब्रा झोलामा राखेर छुुट्टा छुुट्टै स्थानमा फालिएको थियो। शव मिल्काउन छोरीको सहयोग लिएको कल्पनाले बताएकी छन्।

हत्यामा प्रयोग भएका दुुईवटा खुुकुरी र हम्मर प्रहरीले फेला पारिसकेको छ।

गएको आइतबार बिहान बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर टाउको र खुुट्टा भने ३ सय मिटर टाढा खालि जग्गाको कुुनामा फेला परेको थियो।

कल्पनाका आमाछोरी भने त्यसैदिन दिउँसो चितवन गएका थिए। तर शवको पहिचान हुन नसक्दा अनुसन्धानले गति लिन सकेको थिएन।

शव कसको भन्नै नै पत्ता नलागेपछि प्रहरीले मृतकको तस्बिर सार्वजनिक गरेको थियो। उनका आफन्त आएपछि शवको पहिचान भए लगतै अनुसन्धानले गति लिएको प्रहरीले जनाएको छ। सोही दिन घटनास्थल समेत फेला परेको थियो।

कल्पनाकै कोठामा बोहोराको हत्या भएको फेला परेको थियो। त्यहाँ रगत लगायत हत्यामा प्रयोग भएका सामान बरामद भएको प्रहरीले जनाएको छ।

चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याइएकी कल्पनाका आमाछोरीलाई प्रहरीले मंगलबार परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ।

*यसअघि प्रहरीले दिएकाे नाम र साेमबार सार्वजनिक गरेकाे नाम फरक परेकाेले सच्याइएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .