धनकुटाको चौबिसे गाउँपालिका ५ मा मलामी गएका एक युवा तमोर नदीमा बेपत्ता भएका छन्।
स्थानीय महेन्द्र याखा सोमबार दिउँसोदेखि नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
वडाध्यक्ष पदमकुमार देवानकी आमाको मलामी गएका याखा नुहाउने क्रममा नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिए।
सुरक्षाकर्मी र स्थानीयले सोमबार दिउँसोदेखि नै याखाको खोजी गरिरहे पनि फेला पार्न नसकिएको एसपी अधिकारीले बताए।

प्रतिक्रिया