ad ad

समाज


लगानी बोर्डका सीईओ भट्टको नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सीको आग्रह

लगानी बोर्डका सीईओ भट्टको नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सीको आग्रह

नेपालखबर
साउन २६, २०७७ सोमबार ११:५९,

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा हालै सरकारले नियुक्त गरेका सुशील भट्टको नियुक्ति खारेज गर्न आग्रह गरेको छ।

आर्थिक तथा राजनैतिक विचौलियाको रुपमा काम गर्ने अत्यन्त विवादास्पद छवि बनाएका व्यक्तिलाई नियुक्त गरेको खबरले संस्थाको ध्यानाकर्षण भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ।

‘विश्वभरीका लगानीकर्ताहरुको विश्वास आर्जन गरेर मुलुकमा राष्ट्रिय महत्वका ठूला विकास निर्माणका आयोजनाहरु भित्र्याउन सक्ने योग्य, ईमान्दार र विश्वसनीय व्यक्तिको छनौट गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुपर्नेमा कालोसूचीमा परेका अन्तर्राष्ट्रिय कम्पनीहरुको एजेन्टको रुपमा काम गरी बदनाम कमाएका, कमिशनको चक्करमा राजनैतिक विचौलियाको परिचय बनाएका तथा नागरिक स्तरमा व्यापक आलोचित व्यक्तिलाई नियुक्त गरिनु अत्यन्त आपत्तिजनक विषय हो’ ट्रान्सपरेन्सीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कानूनद्वारा निर्धारित न्यूनतम योग्यता र अनुभव समेत शंकास्पद रहेका विवादास्पद चरित्रको व्यक्तिलाई अन्य कुनै विकल्पै नभए जसरी नागरिक आवाजको उपेक्षा गर्दै बलमिच्याई गरी नियुक्ती दिनुका पछाडि सरकारको नियत माथि पनि गम्भीर प्रश्न तेर्सिएको विज्ञप्तिमा उल्लेख छ।

‘सरकारको यस्तो अनुत्तरदायी र अधिनायकवादी कार्यशैलीले न त मुलुकमा सुशासनको प्रत्याभूति हुनेछ न त आर्थिक विकासमा नै टेवा पुग्ने छ, बरु जनतामा उल्टै निराशा र वितृष्णा बढाउने छ’ विज्ञप्तिमा भनिएको छ, ‘अतः सरकारले आफ्नो छवि स्वच्छ र निष्कलंक राख्न पनि उक्त विवादास्पद नियुक्ती खारेज गरी जनतामा आशा र विश्वासको संचार गराओस् भनी जोडदार माग गर्दछौं।’

याे पनि: लगानी बोर्ड सीईओमा सुशील भट्टकाे नियुक्तिविरुद्ध दायर भयो रिट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .