समाज


ढोरपाटन नगरपालिकाका इन्जिनियर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

ढोरपाटन नगरपालिकाका इन्जिनियर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
साउन २५, २०७७ आइतबार १०:२६,

बाग्लुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

एक लाख रुपैयाँ घुससहित पक्राउ परेको अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

इन्जिनियर अधिकारीले उपभोक्ता समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत बिभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले एक लाख रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा गुजा–सिलगुम–ओखरधारा–खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मूल्यांकन बनाउने प्रयोजनको लागि सो रकम लिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad