भारतले नेपाललाई १० थान भेन्टिलेटर सहयोगस्वरुप दिएको छ। भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगीअड्डामा भेन्टिलेटर हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ।
कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि सरकारले जारी गरेको कोभिड १९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७ को सफल कार्यान्वयनमा सहयोग पुर्याउन भारतले भेन्टिलेटर सहयोग गरेको हो।
उक्त भेन्टिलेटरको मूल्य २ करोड ८० लाख भारु पर्ने बताइएको छ। प्रधानसेनापति थापाले सहयोगका लागि भारतलाई आभार व्यक्त गरेका थिए।
3
Shares

प्रतिक्रिया