काठमाडौंको गोंगबुमा एक पुरुषको शव फेला परेको छ। आइतबार बिहान सडकनजिकै टुक्रा पारेकाे शव सुटकेसभित्र फेला परेकाे हाे।
शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। करिब ४५ वर्षीय पुरुषको शव चार टुक्रा बनाएको अवस्थामा फरक–फरक स्थानमा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए।
शवको शरीरको भाग सुटकेसमा फेला परेको थियो। टाउको र खुट्टा भने शरीरको भाग फेला परेभन्दा करिब ३ सय मिटर टाढा खाली जग्गाको कुनामा जेब्रा झोलामा फेला परेको थियो।
घटनास्थलमा फरेन्सिक डाक्टर, तालिमप्राप्त कुकुरसहित प्रहरीको टोलीले घटनास्थल अनुसन्धान गरेर शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको छ।
मंगोलियन देखिने ती पुरुषको सनाखत हुनसकेको छैन।
भिडियाे-



3
Shares

प्रतिक्रिया