च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलमा लियोनसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएसँगै स्यारीलाई युभेन्टसले शनिबार मात्र बर्खास्त गरेको थियो।
पिर्लो गत जुलाई ३० मा क्लबको अन्डर २३ टोलीको प्रशिक्षक बनेका थिए। अब भने पिर्लोले रोनाल्ड आवद्ध टिमको प्रशिक्षण गर्नेछन्।
पिर्लो र युभेन्टसबीच सन् २०२२ सम्मको लागि सम्झौता भएको छ। एजेन्सी

प्रतिक्रिया