ad ad

समाज


चितवन जिल्ला प्रहरी कार्यालयका १२ कर्मचारी क्वारेन्टिनमा, हिरासतका सबैको स्वाब जाँच गरिने

चितवन जिल्ला प्रहरी कार्यालयका १२ कर्मचारी क्वारेन्टिनमा, हिरासतका सबैको स्वाब जाँच गरिने

नेपालखबर
साउन २५, २०७७ आइतबार ४:२१,

चितवनका दुई प्रहरी र एक बन्दी (थुनुवा) मा कोरोना संक्रमण देखिएको छ। जसका कारण चितवन जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुर अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा इलाका प्रहरी कार्यालय (टाडी) मा कार्यरत एक प्रहरी, जिल्ला ट्राफिक कार्यालय (चितवन) मा कार्यरत एक कर्मचारी र जिल्ला प्रहरी कार्यालय (चितवन) को हिरासतमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।

उनीहरूको कन्ट्याक्ट ट्रेसिङका क्रममा जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको चितवन प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय (टाडी) का ती प्रहरी बिदाबाट फर्किएर आएको र क्वारेन्टिनमै रहेका बेला उनका कोरोना संक्रमण पुष्टि भएको हो।

हिरासतमा रहेका सबैको तत्काल पीसीआर परीक्षण गरिने चितवन प्रहरीले जनाएको छ।

यस्तै उनीहरूसँग कानुन व्यवसायी र परिवारका सदस्यबाहेक अन्य आगन्तुकलाई भेटघाट गर्न पनि प्रतिबन्ध लगाइएकाे प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .