ad ad

समाज


५० काेराेना संक्रमित राखिएकाे भारतकाे एक होटलमा भीषण आगलागी

५० काेराेना संक्रमित राखिएकाे भारतकाे एक होटलमा भीषण आगलागी

नेपालखबर
साउन २५, २०७७ आइतबार ३:२०,

भारतको आन्ध्र प्रदेशस्थित कोरोना केयर सेन्टर बनाइएको एक होटलमा भीषण आगलागी भएको छ।

बीबीसी हिन्दीका अनुसार विजयवाडामा रहेको स्वर्ण प्यालेस नामको होटलमा आगलागी भएको हो।

आगलागी हुँदा त्यहाँ ५० जनाजति रहेकाे विजयवाडा प्रहरी विभागले जनाएकाे छ।

अग्निनियन्त्रक विभागले अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

आन्ध्र प्रदेशका गृहराज्यमन्त्री मेकाथोटी सुचरिताका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो।

आगोबाट बच्न चार जना भवनको तललित कुदेका थिए, तर अहिलेसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।

बीबीसीका सहयोगी पत्रकार शंकरका अनुसार घाइतेहरूलाई नजिकैको अस्पतालमा गएका छन्।
केही दिनअघि मात्र रमेश हस्पिटलका कोरोना संक्रमित बिरामीको उपचारका लागि उक्त होटल भाडामा लिइएको थियो।

आन्ध्र प्रदेश सरकारले आगलागीको कारण अनुसन्धन गर्न आादेश दिएको छ। त्यसका लागि जिल्ला संयोजकको नेतृत्वमा समिति गठन गरिने बीबीसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .