ad ad

छापा खबर


पठनपाठन अझै अन्योलमा, एसइई नतिजा प्रकाशनमा पनि ढिलाइ

पठनपाठन अझै अन्योलमा, एसइई नतिजा प्रकाशनमा पनि ढिलाइ

नेपालखबर
साउन २५, २०७७ आइतबार ३:१७,

कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय भाइरसको सङ्क्रमण न्यून भई विद्यालय सञ्चालन गर्न अनुकूल भएको स्थानमा समेत विद्यालय खोल्न स्थानीय तहलाई अनुमति दिन नसकिने स्थितिमा पुगेको छ।

मन्त्रालय पनि माथिल्लो तहसित निर्देशन एवं समन्वयको प्रतीक्षामा रहेपछि अन्योल बढेको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले केही जिल्ला तथा स्थानीय तहमा सङ्क्रमणको अवस्था न्यून भए पनि विद्यालय सञ्चालन गर्न मन्त्रालयले अनुमति दिन नसक्ने बताए। ‘स्थानीय तहबाट यस खालको प्रस्तावसमेत आएको छैन,’ उनले भने।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेका केही निर्णय उल्टिएपछि अब विद्यालय सञ्चालनको निर्णय गर्न माथिल्लो निकायको आदेश कुर्ने कि भन्ने हिसाबले मन्त्रालयका सम्बन्धित अधिकारी छलफलमा जुटेका छन्।

यसअघि मन्त्रालयले गत चैत ४ गते स्वास्थ्य सुरक्षामा ध्यान दिँदै माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने निर्णय गरेको थियो । चैत ५ गते बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले परीक्षा रोक्ने निर्णय गरेपछि परीक्षा सञ्चालन हुन सकेन।

एसईई नतिजा पर सर्दै
परीक्षा प्रकाशन गर्न अभिलेखीकरणको सबै काम पूरा भए पनि राष्ट्रिय परीक्षा बोर्डले तत्काल परीक्षाफल प्रकाशित नगर्ने भएको छ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले कोरोना भाइरसको सङ्क्रमण फेरि बढेका कारण केही दिन नतिजा प्रकाशन नहुने बताए। बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले परीक्षाफल प्रकाशन गर्न आवश्यक सबै तयारी पूरा भएको तर नतिजा आउन केही दिन अनुकूल अवस्था नरहेको स्पष्ट पारे।

प्याब्सनका अध्यक्ष टीका पुरीले यो बेला विद्यालयमा अभिभावक तथा विद्यार्थीको भीडभाड बढ्न सक्ने भएकाले केही दिन नतिजा प्रकाशनमा ढिलाइ गर्नु नै राम्रो हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .