समाज


चोरीको सामान ओसार्दै गर्दा तीन भारतीयसहित चार पक्राउ

चोरीको सामान ओसार्दै गर्दा तीन भारतीयसहित चार पक्राउ

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १३:४९,

काठमाडौंको थानकोटमा चोरी गरी सामान ओसार्दै गर्दा चार जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये एक जना नेपाली र तीन भारतीय नागरिक छन्।

पक्राउ पर्नेमा काठमाडौंको तिलगंगा बस्ने इटहरीका १९ वर्षीय छिरीङ लामा, भारतको मोतिहारीका १९ वर्षका तीन युवा सुरज गिरी, कुन्दन गिरी र सुमित गिरी रहेको प्रहरीले जनाएको छ।

चन्द्रागिरि नगरपालिका–६ थानकोट आयल निगम छेउको सनराईज इन्जिनियरिङ वर्कसप नजिकबाट शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरुको साथमा चोरीको विभिन्न सामान भेटिएको थियो।

निजहरूको साथबाट प्रहरीले प्लाष्टिकको सेतो बोरामा फलामको हाईड्रोलिक पाईप थान १२, हरियो सकेट थान ४०, पिटी पम्प सानो २ थान, पिटी पम्प ठुलो थान २, ब्राईकेट थान ६, एल ब्राईकेट थान २, कवलिङ्ग थान २, फलामको अंग्रेजीमा ८० लेखिएको फलामको ढिक्का थान ३ फेला पारी बरामद गरेको छ।

सामानको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले ति सामानहरु सनराईज इन्जिनियरिङ वर्कसपबाट चोरी गरेको खुल्न आएको छ। 

निजहरूलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad