कारोबार


कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा दुई सय छुट

कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा दुई सय छुट

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १३:३०,

सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पीसीआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले कोरोना परीक्षण गर्दा लाग्ने खर्च अनलाइबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ।

कोभिड परीक्षणको शुल्क अनलाइनबाट भुक्तानी गर्दा थप दुई सय छुट पाइने बिध ल्याबले जनाएको छ ।

कोरोनाबाट जोगिनका लागि भौतिक दूरी नै उत्तम उपाय देखिएका सन्दर्भमा सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित हुनु नपर्ने व्यवस्थाले सम्भावित जोखिम न्युनीकरणमा सघाउ पुग्ने ल्याबका सञ्चालक विके भण्डारीले जानकारी दिए।

डिजिटल भुक्तानी सेवा प्रदायक ‘ई–सेवा’ वा ‘खल्ती’ मध्ये कुनै पनि मध्यामबाट आरटी–पीसीआर परीक्षणको शुल्क भुक्तानी गर्न सकिने छ। ‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क भुक्तानी गर्न सकिने गरी व्यवस्था गरेका हौँ’, उनले भने, ‘यसका लागि ई–सेवा र खल्तीसँग सहकार्य गरिएको छ। जसबाट परीक्षण शुल्क भुत्तानी गर्दा सेवाग्राहीले थप २०० क्यासव्याक पाउनेछन्।’

नगद कारोबारबाट समेत कोरोना भाइरस फैलनसक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाइएको भण्डारीको भनाइ छ। नगद कारोबार गर्दा कोरोना भाइरस सर्ने सम्भावना उच्च रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन्। शुल्क लिएर कोरोना परीक्षण गर्न सरकारबाट अनुमति पाएको बिध ल्याबले सरकारले तोकेभन्दा कम शुल्कमा नै आरटी–पीसीआर परीक्षण गर्दै आएको छ। ल्याबले प्रतिनमूना रु चार हजारमा कोरोना परीक्षण गर्दै आएको छ। अनलाइनबाट शुल्क भुक्तानी गर्दा सेवाग्राहीले प्रतिनमूना रु तीन हजार ८०० मात्र तिरे पुग्छ। सरकारीसहित केही निजी प्रयोगशालाले प्रतिनमूना रु पाँच हजार ५०० शुल्क लिएर कोरोना परीक्षण गर्दै आएको छन्।

सो ल्याबले परीक्षणको नतिजा पनि छिटोछरितोरुपमा उपलब्ध गराइरहेको छ। ‘परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौँ’, सञ्चालक भण्डारीले भने। उक्त ल्याबले एक दिनमा चार हजार २०० नमूना परीक्षण गर्ने सक्ने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad