समाज


कोरोनाका लक्षणसहितका गम्भीर बिरामी बढे, आईसीयूमा ६६ र भेन्टिलेटरमा तीन जना

कोरोनाका लक्षणसहितका गम्भीर बिरामी बढे, आईसीयूमा ६६ र भेन्टिलेटरमा तीन जना

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ११:२३,

नेपालमा पछिल्लो समय कोरोनाको लक्षणसहित बिरामीहरुको संख्या बढ्दै गएको छ भने मृत्यु हुनेको संख्या पनि बढेको छ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले गम्भीर खालका बिरामी बढेपछि आईसीयू र भेन्टिलेटरमा राख्ने अवस्था आएको बताए।

प्रवक्ता गौतमले अहिले कोरोनाको लक्षणसहित ६६ गम्भीर बिरामीलाई आइसीयू र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार अहिले २ हजार ६ सय आईसीयू र ९ सय भेन्टिलेर उपलब्ध रहेका छन्। त्यस्तै उनले २५० आईसीयू र भेन्टिलेटर कोरोनाका बिरामीको उपचारका लागि थपिएको र अझै २४० थप्ने तयारी भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .