कला


कविताको ‘लकडाउनको तीज’ सार्वजनिक (भिडियो)

कविताको ‘लकडाउनको तीज’ सार्वजनिक (भिडियो)

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ११:२५,

गीतकार तथा संगीतकार मनोज सिग्देल ‘युरेश’ले तीज कोशेली ‘लकडाउनको तीज’ सार्वजनिक गरेका छन्।

यस गीतमा शब्द मनोज सिग्देल ‘युरेश’को रहेको छ भने स्वर विनय कार्की र कविता श्रेष्ठको रहेको छ। गीतलाई संगीत संयोजन स्वयम् गायक विनय कार्कीले गरेका हुन्।

स्टुडियो भर्सनमा निर्माण गरिएको भिडियोमा विनय कार्की र कविता श्रेष्ठ फ़िचर्ड छन्। भिडियोमा जनकराज अधिकारीको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ।

२०६५ साल देखि निरन्तर संगीत क्षेत्रमा संघर्ष गर्दै अघि बढिरहेका गीतकार सिग्देलले हालसम्म ८ वटा गीत सार्वजनिक गरिसकेका छन्। सम्पूर्ण नेपाली नारीहरुलाई यसै गीत मार्फत शुभकामना दिँदै सिग्देलले सुरक्षित तरिकाले तीज मनाउन अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .