समाज


भारतको हैदराबादबाट २ करोडको धनमाल लिएर नेपाली जोडी फरार, खाेजी गर्दै प्रहरी

भारतको हैदराबादबाट २ करोडको धनमाल लिएर नेपाली जोडी फरार, खाेजी गर्दै प्रहरी

नेपालखबर
साउन २२, २०७७ बिहिबार ४:३७,

भारतको हैदराबादस्थित एक घरमा काम गर्ने नेपाली जोडी २ करोड भारतीय रुपैयाँबराबरको धनमाल चोरी गरेर फरार भएको आरोप लागेको छ।

द न्यु इन्डियन एक्सप्रेसका अनुसार घरेलु कामदार त्यो नेपाली जोडी घरजग्गा व्यवसायी ए नरसिंह रेड्डीकाे घरबाट नगद, गहना र विद्युतीय उपकरण गरेर २ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति लिएर आइतबार राति फरार भएको हो।

माल्काजगिरीका डीसीपी रक्षिता के मुर्तीका अनुसार फरार नेपाली जोडीको खोजी गर्न विशेष समूह गठन गरिएको छ। ‘हामीले प्रमाण जुटाइसकेका छौं र घटनाकाे अनुसन्धान थालेका छौं,’ उनले भनिन्।

द न्यु इन्डियन एक्सप्रेसले लेखेअनुसार गत जुलाई २९ अर्थात् आइतबार राति रेड्डीका छोराको विवाह थियो। त्यसका लागि उनको पूरै परिवार फलाकनुमा प्यालेस गएको थियो। घरको सबै जिम्मेवारी त्यो नेपाली जोडीलाई दिइएको थियो।

त्यही मौकामा उनीहरूले सुन र हिराका गहना, विद्युतीय उपकरण र पैसा गरी २ कराेड भारतीय रुपैयाँ बराबरकाे धनमाल लिएर फरार भएको पीडित परिवारको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad